Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो रेसुङ्गाको चौथो साधारण सभा

Published on 6:59:00 AM //

सीता भण्डारी
रेडियो रेसुङ्गा प्रा लि तमघास गुल्मीको चौथो साधारण सभा आज हुँदै छ ।
गुल्मी जिल्लामै पहिलो पटक स्थापना भएको रेडियो रेसुङ्गा प्रा लि. को आज चौथो साधारण सभा हुन लागेको हो । "गाउँदेखि शहरसम्म, पहाडदेखि तर्राई सम्म, शान्ति र समानताको प्रतिक रेसुङ्गा" भन्ने मुल नाराका साथ विक्रम सम्वत २०६३ सालमा स्थापना भई आफ्नो सेवा शुरु गरेको यस रेडियोले चार वर्षा अवधिमा आफुलाई सञ्चारको क्षेत्रमा पहिचान दिलाउन सफल भएको छ ।
स्थापना कालदेखि नै विभिन्न समाचारमुलक, विचारमुलक, शिक्षामुलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्दै आईरहेको छ । आजको साधारण सभामा रेडियो सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठवाट तेस्रो साधारण सभादेखि चौथो साधारण सभासम्म आईपुग्दा रेडियोमा भए गरेका विभिन्न उपलव्धि तथा गतिविधीहरुलाई समेटी प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग