Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जीप दुर्घटना थप १ को मृत्‍यु

Published on 1:08:00 PM //

पी.एम.मगर

गुल्मीको पूर्तिघाट गाविसवाट फोक्सिङ्ग गाविस तर्फ आउँदै गरेको ग १ च ३८६९ नम्वरको यात्रु वाहक जीप हिजो वेलुकि गुल्मीको पुर्तिघाट गाविस स्थित वाङ्दिन भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य थप ९ जना घाईते भएका छन् ।

मृत्यु हुनेहरुमा गुल्मी फोक्सिङ्ग गाविस २ का १८ वर्षीय रेशम राना, सोही गाविस ३ का ६५ वर्षीय ओमप्रकाश राना र २६ वर्षीया भिमकली राना रहेका छन् । घाईते हुनेहरुमा पुर्तिघाट गाविस ४ की ३५ वर्षीया सुनीता परियार, ४६ वर्र्षीय तिलवहादुर थापा, जीतवहादुर थापा, फोक्सिङ्ग २ की २८ वर्षीया पवि विश्वकर्मा, २८ वर्षीया खगिश्वरा आले, २९ वर्षीय विष्णुमाया थापा,सुनीता परियार, ४८ वर्षीय भिम विश्वकर्मा र पर्वत ताङ्गगाका ४० वर्षीया चन्द्र कला कुवंर रहेका छन् । घाईतेहरुको अहिले पाल्पा स्थित मिशन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाईतेहरु मध्ये पर्वतकी चन्द्रकला कुवंर र फोक्सिङ्गकी सुनिता परियारको अवस्था चिन्ता जनक रहेकोे छ । उक्त जीप उकालोमा चढ्दै गरेको अवस्थामा घुम्तीमा मोड्ने क्रममा व्रेकले काम नगरेपछि पुर्तिघाट गाविस २ स्थित बाङ्दिन भन्ने ठाउँमा दुर्घटना भएको हो । घाईतेहरुको प्रहरि चौकि पुर्तिघाट,शान्तिपुर र पर्वतको रानीपानी वाट गएको प्रहरी र स्थानीयवासीले राती अवेरसम्म खोजतलास गरि उद्दारकार्य गरेका थिए । वाटो निकै अफ्ठेरो भएका कारण उक्त जीप सडकवाट चार सय मिटर तल काली गण्डकि किनारमा खसेको थियो । घटना स्थल सदरमुकाम तम्घासवाट करिव १५ कोष पुर्व पर्दछ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग