Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षा कार्यलयमा लगाइएको ताला सहमती पछि खुल्यो

Published on 6:54:00 PM //

शिबलाल सुबेदी
बिभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रेका बाल विकास सघर्ष समितीले आज जिल्ला शिक्षा कार्यलयमा लगाएको ताला सहमती पछि खुलेको छ ।
आन्दोलनका गदै आएका सहयोगी कार्यकत्ताहरुले आज विहान जिल्ला शिक्षा कार्यालय गुल्मीमा तालाबन्दी गरेपछि जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले आफ्ना मागहरुलाई सम्बन्धित निकायमा पत्रजचार गर्ने तथा जानकारी गराउने सहमती भएपछि लगाइएको उक्त लाता खुलेको हो । जिल्ला शिक्षा कार्यलय गुल्मी मार्फत वालविकास केन्द्रका सहयोगी कार्यकक्ताहरुलाई प्राथमिक शिक्षक सरह सेवा सुबिधा हुनु पर्ने , महङ्गी भक्ताको ब्यवस्था गर्नुपने , बाल विकासलाई अनौपचारिक नभई औपचारीक शिक्षामा लागु गर्नुपर्ने , सहयोगी कार्यकक्ता हटाई शिक्षक पद कायम गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए । बाल विकास समितीले २०६७ मसिंर १८ गते बसेको बैठकले जिल्लामा बिभिन्न सघर्षका आन्दोलन गर्ने नियर्ण गरेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग