Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्ने भो पत्रकार महासंघको भवन, सबैलाई सहयोग गर्न आग्रह

Published on 12:04:00 AM //

 शिबलाल सुबेदी
नेपाल पत्रकार  महासंघ गुल्मीको वैठक मंगलबर सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षता र कार्यवाहक सचिव भरत पाण्डेको संचालनमा सम्पन्न वैठकले महासंघको भवन निर्माणका लागि यस अघि गठन दुईजना सदश्यहरुलाई थप गर्ने निर्णय समेत गरेको छ । यसरी थपिने सदश्यहरुमा ज्ञानवहादुर महतरा र नरेश भण्डारी रहनु भएको छ । कार्य समितिको वैठकले भवन निर्माणकालागि सम्पूर्ण प्रक्रिया अघिवढि सकेको हुँदा निर्माण समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको छ । महासंघको भवन निर्माण शुरु गर्नकालागि तत्काल निर्माण समितिको वैठक वसि काम शुरु गर्ने पत्रकार महासंका उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक नवराज भुसालले जानकारी दिनु भएको छ । वैठकले भवन निर्माणका लागि सहयोग गर्न सवैलाई आग्रह समेत गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग