Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चितुवाको आतङ्क बढ्दो

Published on 11:37:00 PM //

मनोज बस्नेत
पछिल्लो समयमा गुल्मीको मुसीकोटमा चितुवाको आतङ्क बढदै गएको छ ।
गतहप्ता देखी मुसीकोटको लाबिन्ने जङगलमा दुई तिन ओटा चितुवा कराउँदै हिड्ने र रातको समयमा कुकुर, बाख्रा, गाईका बाच्छा बाच्छि माथी आक्रमण गर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । गएको बुधबार बिहान छ बजे तिर आफ्नो घरमा प्रवेश गरेको चितुवाले घरमा पालेको कुकुर माथि आक्रमण गरेको मुसीकोट ९ रिङदलीका जगत घिमिरेले बताउनु भयो । चितुवाले आज सम्म आधा दर्जन घरपालुवा जनावरमाथि आक्रमण गरिसकेको छ । चितुवाको बिगबिगीले स्थानिय बासिन्दाहरु जङगलमा घाँस, दाउराको लागि जान नसकि आतङ्कित बनेको स्थानीय शिक्षक कृष्ण भट्टराईले वताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग