Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वर्णमहोत्सवको तयारी तिब्र

Published on 6:19:00 PM //

शिबलाल सुबेदी
श्री मैनडाँडा उच्च माध्यमिक बिद्यालय हर्दिनेटा ३ गुल्मीले यही माघ २६ गतेदेखि फागुन १ गतेसम्म मनाउन लाईरहेको स्वर्णमहोत्सवको तयारीलाई तिब्र पारेको छ ।

२०१८ सालमा स्थापना भएको उक्त बिद्यालयले बिभिन्न आरोह अवरोहहरु पार गर्दै आफ्नो सवर्णमहोत्सव मनाउन लागेको हो । शुरुमा प्राथमिक बिद्यालययको स्वीकृती पाएको उक्त बिद्यालयले २०३२ सालमा निम्न माध्यमिक, २०५२ सालमा माध्यमिक हुँदै अहिले मात्र उच्च माध्यमिक तहको स्वीकृत पाएको उक्त बिद्यालयका सल्लाहकार सयोजक मधुकुष्ण पन्थले जानकारी दिनुभएको छ । हाल सो बिद्यालयमा हर्दिनेटा गाविसका र खज्याङ्ग गाविसका गरि ५ सय ५० जना भन्दा बढी बिद्यार्थीहरु रहेका छन भने १५ जना शिक्षक-शिक्षीका रहेको प्राचार्य नरपति काफ्ले बताएका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग