Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिर्सेनीमा एक व्यक्ति मृत अवस्थामा फेला

Published on 7:11:00 PM //

मनोज वस्नेत 
गुल्मीको सिर्सेनी गाविसमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

सिर्सेनी गाविस वार्ड नम्वर ९ का ५६ वर्षीय खगेश्वर भट्टराई वाग्ला गाविसको वार्ड नम्वर ८ को गाँठापारी भन्ने ठाउँमा मृत अवस्थामा फेला पर्नुभएको हो । हिजो भगवती उच्च माध्यामिक विद्यालय वाग्लाको स्वर्ण महोत्सवको तयारीका लागी वोलाईएको वैठकमा जानुभएका भट्टराईको शव आज विहान ११ वजे वाग्ला ८ का ईश्वर वहादुर कुँवरले आफ्नो वारीमा देखेपछि अरुलाई खवर गर्नुभएको थियो ।
भट्टराई भगवती उच्च माध्यामिक विद्यालयको अविभावक संघको सदस्य हुनुहुन्थ्यो । उहाँको साथमा अल्कोहलको वोतल भेटिएको र घटनाको वारेमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यलय पुर्कोटका प्रहरी निरिक्षक भुवनेश्वर तिवारीले वताउनुभएको छ । यता घटनाको प्रकृति हेर्दा घटना रहस्यमय भएको स्थानीय वासीले वताएकाछन् ।
शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल तम्घास ल्याउने तयारी भईरहेको शिक्षक धिरेन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग