Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युनियन गुल्मीको अधिवेशन आज, तीन जना पत्रकार सम्मानित

Published on 3:14:00 AM //

रेडियो रेसुङ्गा 
नेपाल प्रेस युनियन गुल्मीको जिल्ला अधिवेशन आज शनिबार हुँदैछ । अधिवेशनको संपुर्ण तैयारी पुरा भएको नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुवँरले जानकारी दिनुभएको छ ।
अधिवेशनले नयाँ कार्य समिति पनि चयन गर्ने वताईएको छ । नजिकै आईरहेको नेपाल पत्रकार महासंघको अधिवेशनको संघारमा हुन गईरहेको युनियनको जिल्ला अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ । अधिवेशनको क्रममा नेपाल प्रेस युनियन गुल्मीले स्थापना गरेको नारायण पन्थी स्मृति उत्कृष्ठ कृयाशील पत्रकारिता पुरस्कार २०६७ वाट नेपाल पत्रकार महासंघका अध्यक्ष तथा रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै लामो समयदेखि जिल्लामा साहित्यीक पत्रकारीता क्षेत्रमा उत्कृष्ठ कार्य गरेवापत नेपाल प्रेस युनियन गुल्मी पत्रकारिता सम्मान पुरस्कारवाट साहित्यीक पत्रकार दीन पन्थी र सत्यमान डिलप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान पुरस्कार जिल्लाको ग्रामिण क्षेत्रमा कृयाशिल रही पत्रकारीता गर्दै आउनुभएका पत्रकार हेम त्यागीलाई प्रदान गरिने युनियनले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग