Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उत्कृष्ट कृयाशील पत्रकारिता पुरस्कार घिमिरेलाई, अध्यक्षमा श्रेष्ठ

Published on 6:41:00 PM //

जनार्दन घिमिरे
नेपाल प्रेस युनियन गुल्मीको छैठौँ जिल्ला अधिवेशनले हरिकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
समितिको उपाध्यक्षमा छविलाल पाण्डेय, सचिव पि.एम.मगर, सहसचिव शोभा आचार्य, कोषाध्यक्ष तेजेन्द्रकुमार श्रेष्ठ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा ताराप्रसाद भुसाल, सुदर्शन खनाल, कौरव खत्री, सुरेश श्रेष्ठ, वैकुण्ठ कुवँर, पुनम टण्डन र यम खत्री रहनुभएको छ ।  सोही अधिवेशनले ९ जना महाधिवेशन प्रतिनिधिको समेत चयन गरेको छ । महाधिवेशन प्रतिनिधिहरुमा रेशम कुवँर, जनार्दन घिमिरे, श्रीप्रसाद भलामी, छविलाल पाण्डेय, हिमकला राना, कृष्णप्रसाद अर्याल, शोभा आचार्य र प्रेमिका पुन रहनुभएको छ ।
छैठौँ जिल्ला अधिवेशनकै अवसरमा विभिन्न बिधामा उत्कृष्ट पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको छ । यसवर्ष नारायण पन्थी स्मृति उत्कृष्ट कृयाशील पत्रकारिता पुरस्कार २०६७ वाट नेपाल पत्रकार महासंघका अध्यक्ष तथा रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरेलाई सम्मान गरिएको थियो भने नेपाल प्रेस युनियन गुल्मी पत्रकारिता सम्मान पुरस्कारवाट जिल्लामा साहित्यीक पत्रकारीता क्षेत्रमा कलम चलाउनु भएका साहित्यीक पत्रकार दीन पन्थीलाई सम्मान गरिएको थियो । त्यस्तै जिल्लाको ग्रामिण क्षेत्रमा कृयाशिलरही पत्रकारीता गर्दै आउनुभएका पत्रकार हेम त्यागीलाई सत्यमान डिलप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान पुरस्कारद्वारा सम्मान गरिएको थियो ।
सोही अवसरमा गुल्मी जिल्लाको राजनीतिक क्षेत्रमा योगदान पुर्‍याउनुभएका क्रान्तिकारी पुरुष नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी, निवर्तमान जिल्ला सचिव स्वर्गीय फणिन्द्रराज भण्डारीको स्मृतिमा कैलाशनगर पव्लिकेशनले १० हजार रुपैँयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । कोषमा प्रत्येक वर्ष पाँच हजारका दरले थप्दै जाने र सोही कोषवाट रेडियोमा कार्यरत क्रियाशिल महिला संचारकर्मीहरुलाई सम्मान गरिने कोषका संस्थापक तथा कैलाश नगर पव्लिकेशनका व्यवस्थापक जगदिश भट्टराईले वताउनुभएको छ । कार्यक्रम नेपाल प्रेस युनियनका निवर्तमान जिल्ला अध्यक्ष रेशम कुवँरको सभापतित्वमा, सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग