Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संस्कृति संरक्षणमा राज्यको ध्यान किन गएन डा. गुरुङ्ग

Published on 3:06:00 AM //

पी.एम.मगर
भुवन विश्वविद्यालय समाजशास्त्र एवं मानवशास्त्र केन्द्रीय विभागका प्रमुख प्रध्यापक डा. ओम गुरुङले प्रत्येक जाति जनजातिहरुको संस्कृति तथा पहिचानको संरक्षण गर्ने जिम्मा राज्यको रहेको वताउनुभएको छ ।

वहुजातीय, वहुभाषिक, वहुसाँस्कृतिक, वहुधार्मिक जस्ता राज्यका महत्वपुर्ण पहिचान र विशेषताहरुको संरक्षण हुन सकेन भने मुलुक एक कदम पछाडी हट्ने उहाँले वताउनुभएको छ । संस्कृति संरक्षण मञ्च, काँडेवास वाग्लुङ्गको दशौँ वार्षिकोत्सवको उद्घाटन गर्दै डा।गुरुङ्गले संस्कृति संरक्षणको क्षेत्रमा राज्यको जति ध्यान केन्द्रीत हुनुपर्ने हो त्यो हुन नसके को गुनासो गर्नुभएको छ । प्रमुख अतिथि समेत रहनुभएका डा. गुरुङले   राष्ट्रको पहिचानलाई जोगाउन सवै जटेर लागे असम्भव पनि नहुने कुरामा जोड् दिनुभयो । उहाँले संस्कृतिको संरक्षण, सम्बर्द्दन  विकास तथा विस्तारका लागि राज्यको जिम्मेवारीप्रति ध्यानाकर्षण गराउँदै राज्यले यसप्रति ध्यान पु¥याउन नसके पनि सवै जना एकजुट भएर लाग्न आग्रह गर्नुभएको थियो । 
आजदेखि तीन दिनसम्म चल्ने मञ्चको वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु पनि चलिरहेका छन् । आज पहिलो दिन खुल्ला फुटवल प्रतियोगिता, लोकगीत प्रतियोगिता, सोरठी, सालैजो, वाली, नौमति वाजा, भजन किर्तन लगायतका लोपोन्मुख संस्कृतिहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले पनि लोपोन्मुख अवस्थामा पुगेका विभिन्न संस्कृतिहरुलाई जोगाएर लैजानका लागि आग्रह गरेका थिए । सोही अवसरमा कलाकारहरु स्मृति पुन, थानेश्वर गौतम, भुवन सापकोटा, पवित्रा घिमिरे लगायत स्थानीय कलाकारहरु द्धारा पनि विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । 
कार्यक्रममा गुल्मी र वाग्लुङ्ग जिल्लाका विभिन्न गाविसवाट सर्वसाधारणहरुको घुईँचो नै लागेको थियो । लोपोन्मुख सोरठी, तथा नचरी गीत नृत्यको उत्थान र विकासका लागि यस मञ्चले विभिन्न अडियो क्यासेट तथा भिसीडी पनि सर्वसाधारण समक्ष ल्याएको छ । मञ्चले निकालेको सोरठी तथा नचरी संस्कृति यतिवेला सवैको लोकप्रिय वन्न पुगेको छ । कार्यक्रम संस्कृति संरक्षण मञ्च, काँडेवास वाग्लुङ्गका अध्यक्ष जीतवहादुर वुढाठोकीको सभापतित्व तथा ललित सलामी र सोम दर्लामीको सञ्चालनमा सम्पन्न भएको हाम्रा सहकर्मी कालिदास खरेलले जानकारी दिनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग