Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रेस युनियनको पहिलो वैठक सम्पन्न

Published on 3:09:00 AM //


नेपाल प्रेस युनियन गुल्मीको छैठौ जिल्ला अधिवेशन पछि हिजो पहिलो पटक नयाँ कार्य समितिको वैठक सम्पन्न भएको छ ।

वैठकले युनियनको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि सहयोग पुर्याउने निर्वाचन मण्डल, केन्द्रीय प्रतिनिधी, निवर्तमान कार्य समिति लगायतलाई धन्यवाद प्रस्ताव पास गर्दै पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा दीन पन्थी, रेशम कुवँर, गुणनीधि शर्मा, शालिक पन्थी र श्रीप्रसाद भलामीलाई चयन गरिएको छ । त्यस्तै वैठकले यही फाल्गुन ६ र ७ गते हुन गईरहेको नेपाल पत्रकार महासंघको जिल्ला अधिवेशनलाई मध्यनजर गर्दै नेपाल प्रेस युनियनका सल्लाहकार रेशम कुवँरको संयोजकत्वमा नेतृत्वका लागि सक्रियताका साथ लाग्ने निर्णय समेत गरेको छ ।
त्यस्तै महासंघको जिल्ला अधिवेशनमा सहयोग गर्नका लागि संवन्धित सवै संघ संगठनहरुलाई आग्रह समेत गरेको छ । वैठकमा युनियनका नवनिर्वाचित पदाधिकारीहरु, सल्लाहकार सदस्य, महाधिवेशन प्रतिनिधी, प्रध्यापक, वुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो । युनियनका नवनिर्वाचित अध्यक्ष हरिकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न वैठकको सञ्चालन पि.एम.मगरले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग