Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार महासघं गुल्मीको अधिबेशन आजबाट शुरु

Published on 5:38:00 PM //

शिबलाल सुबेदी 

नेपाल पत्रकार महासघं गुल्मीको तेस्रो अधिबेशन आज देखि सदरमुकाम तम्घासमा शुरु भएको छ ।
आज देखि शुरु भएको अधिबेशनमा प्रेस चौतारी नेपाल, प्रेस युनियन र कान्त्रिकारी पत्रकार सघं सबैले पत्रकार महासघं सबै पत्रकारहरुको साझा सगंठन भएकाले सहमती र सहकार्य गरेर जानु पर्ने बताएका छन । अघिल्लो दुई कार्यकाल सहमतीका आधारमा नेपाल प्रेस चौतारीले प्रेस युनियनलाई दिदै आएकाले यस पटक पनि सहमतीकै आधारमा प्रेस चौतारीले नेतृत्व पाउनु पर्ने प्रेस चौतारी गुल्मीका अध्यक्ष ज्ञान बहादुर महतराले दावी गदै  भएको छ । सहमतीको प्रयास भईरहेकाले दिउसो सम्म भएपनि सहमती खोजीने बताइएको छ ।

 यदि सहमती नभएमा जिल्लामा पत्रकार महासघंमा सदस्यहरुको सख्या प्रेस चौतारीको बहुमत भएकाले सहमती हुन नसकेमा पत्रकार महासंघ प्रेस चौतारीको पक्षमा जाने निश्चित भएको चौतारी अध्यक्ष महतराले जानकारी दिनु भएको छ । यता प्रेस युनियनका जिल्ला अध्यक्ष हरि कुमार श्रेष्ठले सगंठन भन्दा पनि ब्यक्तिका कारण मत चोरिन सक्ने भन्दै महासघ आफनै पक्षमा आउने बताउनु भएको छ । उहाले पनि आफुहरु सहमतीको प्रयास गर्ने तर सहमती हुन नसकेमा मात्र चुनावी मैदानमा उत्रने जानकारी दिनु भयो । 
प्रेस चौतारी घनश्याम गौतमको नेतृत्वमा महासघंमा जाने निणर्य गरेको छ भने युनियन रेशम कुवँरको नेतृत्वमा जाने निर्णय गरेको छ । पत्रकार महासघं गुल्मीमा चौतारीका २१ , युनियनका १६ कान्त्रिकारीका ३ र अन्य १ गरि ४२ जना सदस्यहरु रहेका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग