Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खर्वाङमा माछा व्यापार वढ्दो

Published on 7:43:00 PM //

पी.एम.मगर

बागलुङ जिल्लाको पश्चिम क्षेत्र दगातुमडाँडामा पर्ने खर्वाङ बजारमा स्थानीय माछा यतिवेला निक्कै लोकप्रिय बनेको छ ।

बिकासक्रम संगै ग्रामिण भेगमा पनि यातायात पुगेपछि बिस्तार भएको खर्वाङ बजारमा दरम खोला र बडीगाढ खोलाको माछाले बजार पाउन थालेको हो । गुल्मी, पाल्पा, बुटवल लगायतका अरु जिल्लाहरुबाट जिल्लाको पश्चिम बुर्तिबाङसम्म सिधै सवारी सञ्चालन हुन थालेपछि खर्वाङको माछाको लोकप्रियता बढेको व्यापारीहरुले वताएका छन् ।
स्थानीय ब्यापारी लालबहादुर केसीले सो क्षेत्रमा आउने पाहुनाहरुले लोकल माछा बिशेषरुपले मन पराउने गरेको वताउनुभएको छ । माछा बिक्रिका लागि आवश्यक पर्ने प्राविधिक सामानहरु उपलब्ध हुने हो भने खर्वाङको माछा देशका बिभिन्न भागमा सजिलै निर्यात गर्न सकिने स्थानीय बासिन्दाहरुको भनाई छ । खर्वाङ र त्यस आसपासका क्षेत्रमा २ सय ५० रुपैया प्रतिकिलोका दरले आलो माछा बिक्रि भईरहेको छ। 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग