Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीन पत्रकार सम्मानित

Published on 5:12:00 PM //

पी.एम.मगर
नेपाल पत्रकार महासंघ गुल्मीको तेस्रो अधिवेशनको अवसरमा जिल्लाका तीन पत्रकारहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा यस वर्षको उत्कृष्ट कृयाशिल पत्रकारिता पुरस्कारवाट पत्रकार प्रेम सुनार, गगनशिला खड्कालाई सम्मान गरिएको छ भने चिन्तामणी निमकला भुसाल प्रतिष्ठानले गुल्मीवाट पत्रकारीता शुरु गरि अहिले राजधानीमा गएर जिल्लाको गौरव वढाउने उत्कृष्ट पत्रकारको पुरस्कावाट सगरमाथा टेलिभिजनका सम्पादक गोकुल श्रेष्ठलाई सम्मान गरिएको छ । 
त्यस्तै रेडियो रेसुङ्गाको तेस्रो वार्षिकोत्सवको अवसरमा रेडियो रेसुङ्गाका संवाददाता प्रेम सुनार, हेम त्यागी, कमल पौडेल, कौरव खत्री, राजेन्द्र पन्थी, न्यूटन वराली, थम्मन थापा, गंगु कुवँर, कालिदास आत्रेय, कालिदास खरेल, विष्णुकुमार आले, लोकप्रसाद छन्त्याल, इन्द्र रेग्मी, अर्जुन भण्डारी, कृष्ण कंडेल लगायतलाई सम्मान गर्दै रेडियो रेसुङ्गाको लागो अंकित पत्रकारको परिचय दिने ज्याकेट प्रदान गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग