Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सप्ताहव्यापी कर कार्यान्वयन अभियान तमघासमा

Published on 5:45:00 PM //

पी.एम.मगर
फाल्गुन १ गतेदेखि शुरु भएको सप्ताहव्यापी कर कार्यान्वयन अभियान वर्ष २०६७ को विशेष अभियान र्‍याली आज गुल्मीको सदरमुकाम तमघासमा सम्पन्न भएको छ ।

आन्तरिक राजस्व कार्यालय वुटवलका प्रमुख कर अधिकृत केदार शर्माको नेतृत्वमा आएको ६ सदस्यीय टोली सहित यहाँका उद्योग व्यावसायी, व्यापारी, समाजसेवी, वुद्धिजीवि लगायतको टोलीले आज सदरमुकाम तमघासमा र्‍याली  सम्पन्न गरेको छ । “कर तिरौँ सत्य नागरिकको परिचय दिउँ, हामीले तिरेको कर हाम्रै विकासका लागि, आधुनिक र संमृद्ध नेपालका लागि” भन्ने मुल नाराका साथ निस्किएको र्‍यालिमा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, कालिदत्त गुल्मका गुल्मपति खुन्नामुन्ना राई, प्रहरी नायव उपरीक्षक पदमप्रशाद सुवेदी, स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, जिल्ला अनुसन्धान प्रमुख विमल डंङ्गोल, गूल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी लगायतका विभिन्न कार्यालय, संघ संस्थाका प्रमुख प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 
सोही अवसरमा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले आम उद्योगी व्यवसायीहरु करको दायरामा आउनुपर्छ भन्ने अभियानमा गुल्मी उद्योग वाणिज्य संघ सधै लागिरहेको र कर कार्यान्वयन अभियान वर्ष २०६७ को अवसरमा आम उद्योगी व्यवसायीहरुलाई करको दायरामा आउन र सभ्य नागरिकको परिचय दिन आग्रह गर्नुभएको छ ।
त्यस्तै प्रमुख कर अधिकृत केदार शर्माले कर छल्नु भनेको आफु र आफ्नो राष्ट्रलाई ठग्नु तथा ठगिनु भएकाले कर छल्ने प्रवृति त्याग्न आग्रह गर्नुभएको छ । र्‍याली पश्चात वुटवलवाट आएको टोलीलाई लिएर गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी लगायत संघका पदाधिकारी सहित अहिले धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गातर्फ लागेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग