Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिद्युत चुवाबट नियन्त्रण तथा अनुगमन समिती गठन

Published on 6:19:00 PM //

शिबलाल सुबेदी
नेपाल बिद्युत प्राधिकरण शाखा गुल्मीले प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको अध्यक्षतामा ११ सदस्य बिद्युत चुहावट नियन्त्रण तथा अनुगमन समिती गठन गरेको छ ।
समितीको सदस्यहरुमा एकीकृत नेकपा माओवादीका चन्द्र बहादुर बि.क.,नेपाली काग्रेसका खिलध्वज पन्थी, नेकपा एमालेका गणेश श्रीपाली, राष्ट्रिय जनमोर्चाका छविलाल सर्तुङ्गी मगर, राष्ट्रिय प्रजात्रन्त पाटीका भरतबहादुर चन्द , उद्योग बाणिज्य सघंका उपाध्यक्ष दुर्गा पाण्डे , पत्रकार महासघंका अध्यक्ष घनश्याम गौतम रहनु भएको छ भने सदस्य सचिवमा शाखा प्रमुख बिनोद प्रसाद चौधरी रहनु भएको छ । बिद्युत प्राधिकरण शाखाले आवश्यक परेको खण्डमा बिद्युत चुवावट भएको जानकारी भएमा जिल्लामा जुनसुकै समयमा पनि अनुगमन गर्ने निर्णय समेत समितीले गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग