Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिप ब्यवसायी समितीद्धारा पदस्थापन, नयाँ अध्यक्षमा श्रेष्ठ

Published on 8:02:00 PM //

शिबलाल सुबेदी 

शुक्रबार र शनिबार सम्पन्न भएको गुल्मी जिप ब्यवसायी समितीको चौथो अधिबेशनबाट नव निर्वाचित पदाधिकारी तथा कार्य समितिहरुको पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । 

गुल्मी जिप ब्यवसायी समितीको प्रधान कार्यलय तम्घासमा भएको कार्यक्रममा प्रमुख अथिती गुल्मी उद्योग बाणिज्य सघंका अध्यक्ष कुष्ण प्रसाद भण्डारी, निर्वाचन सयोजक नवराज शर्मा, पत्रकार महासघ गुल्मीका अध्यक्ष घनश्याम गौतम ट्राफिक प्रहरी कार्यलय गुल्मीका प्रमुख डोर बहादुर थापा, निर्वतमान अध्यक्ष बिष्णु बहादुर खत्री, पुर्व सदस्य दिपक कडेल लगायतले नब निर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना मनत्ब्य राख्नु भएको थियो । मनत्ब्य राख्ने सम्पुर्ण अथितीहरुले जिप ब्यवसायी सघं ब्यवसायीक रुपले मात्र नभएर सेवामुखि भएको बताएका थिए । साथै कार्यक्रममा निर्वतमान कार्यसमितीका सम्पुर्ण पदाधिकारीहरु तथा निर्वाचन सयोजक नवराज शर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रम निर्वाचन समितीका सयोजक नवराज शर्माको अध्यक्षता तथा नव निर्वाचित महासचिव गुणदेव कुवँरको सञ्चालनमा सम्पन्न भएको थियो । साथै जिप ब्यवसायी समितीले हिजो रुपकलाल श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय कार्य समिती सर्वसम्मत चयन गरेको थियो । जसको उपाध्यक्षमा झग बहादुर मिधुन र रमेश श्रीस, महासचिवमा गुणदेव कुवँर , सचिवमा हिमाल कुवँर र गीरीराज पन्थ, कोषाध्यक्षमा जिवलाल पन्थी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा पदम बिष्ट, शम्भु मल्ल, खिम बहादुर पाण्डे, महन पाण्डे, बिष्णु अधिकारी, टिकाराम चालिसे र महेश श्रेष्ठ रहेका छन ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग