Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वार्षिकोत्सव कार्यक्रम धमाधम

Published on 12:05:00 AM //

पी.एम.मगर
थाक्सी पोखरा माध्यमिक विद्यालय वलिथुम ८ गुल्मीको ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आजवाट शुरु भएको छ ।

कार्यक्रमको पहिलो दिन आज विभिन्न अन्तरसदनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् । आजै सम्पन्न छात्र भलिवलतर्फ भृकुटी सदन प्रथम, मोतिराम सदन द्धितीय र भानुभक्त सदन तृतीय भएका छन भने छात्रा भलिवलतर्फ भानुभक्त सदन प्रथम, पासाङ्ग सदन द्धितीय र भृकुटी सदन तृतीय भएका छन् । त्यस्तै छात्रतर्फको हाइजम्पमा भृकुटी सदनका अमर खड्का प्रथम, मोतिराम सदनका श्रीप्रसाद सर्तुंङ्गी द्धितीय र पासांङ्ग सदनका रुसवहादुर सर्तुंङ्गी तृतीय भएका छन् भने छात्रातर्फ भृकुटी सदनका पार्वती पुन प्रथम, पासाङ्ग सदनका प्रेमकुमारी रेश्मी द्धितीय र मोतिराम सदनका गीता पौड्याल तृतीय भएका छन् । साथै कक्षा १ देखि ३ सम्मका छात्रछात्राको बेलुन फोर प्रतियोगीता र कक्षा ४ र ५ का विद्यार्थीवीच चम्चा दौड प्रतियोगीता पनि सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल सतुङ्गीको सभापतित्व, जुभुङ्ग श्रोत केन्द्रका श्रोत व्याक्ति धनवहादुर पाण्डेको प्रमुख आतिथ्यता, शिक्षक अभिभावक संघका अध्यक्ष छविलाल रजालीको विशेष आतिथ्यता एवं शिक्षक शालिकराम अर्यालको सञ्चालनमा कार्यक्रमको प्रारम्भ भएको हो । वार्षिकोत्सवको अवसरमा भोली पनि विभिन्न कार्यक्रमहरु सञ्चालन हुने विद्यालय श्रोतले जनाएको छ । यसैवीच देवकोटा निम्न माध्यमिक विद्यालय, काँडेवास ६ वाग्लुङ्गको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज एक कार्यक्रमका विच सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागीय प्रमुख टिकाराम गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता उमेश गौतम, समाजसेवी कमल शर्मा, गलकोट वहुमुखी क्याम्पसका प्रध्यापक कृष्णप्रसाद गौतम, अक्षयकोषकर्ता मोतीराम शर्मा, शिक्षक अभिभावक संघका हिरा केसी, रेडियो रेसुङ्गाका प्रतिनिधी थम्मन केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा वोल्ने वक्ताहरुले आउँदो शैक्षिक सत्रवाट विद्यालयले माध्यमिक तहको कक्षा सञ्चालन गर्न लागेकोले सवैले आ–आफ्नो क्षेत्रवाट सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा अन्तर सदनात्मक भलिवल प्रतियोगीता, लोकगीत तथा लोक नृत्य लगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् । जस अन्तर्गत भालिवल तर्फ पारीजात सदन प्रथम र माधव सदन द्धितीय भएका छन् भने लोक गीत तथा नृत्य प्रतियोगितातर्फ माधव सदन प्रथम र भवानी सदन द्धितीय भएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिलाराम गौतमले विद्यालयको प्रगति तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्र भिमवहादुर सुनारले निर्माण गरेका काठको नमुना स्क्याभेटर पनि प्रदर्शनीमा राखिएको थियो । छात्र सुनारलाई विद्यालयले सम्मान समेत गरेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवलाल गौतमको सभापतित्व, शिक्षक पुर्णभद्र गौतमको स्वागत मन्तव्य तथा निमित्त प्रधानाध्यापक मणिभद्र चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग