Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रिय खोप अभियानको प्रचारप्रसार

Published on 12:01:00 AM //

 गुल्मीको सदरमुकाम तम्घासमा आज १३ औ राष्ट्रिय दिवस विविध कार्यक्रममा साथ मनाइएको छ ।
राष्ट्रिय पोलीयो खोप २०६७ सफल पारौ, ५ वर्ष मुनिका वालवालीका लाइ पोलीयो थोपा खुवाऔ भन्ने मुल नाराका साथ निस्केको जनचेतना मुलक ¥याली जिल्ला स्वास्थ्य कार्यालयको प्रङगडमा पुगेर सभामा परिणत भएको थियो । सभालाई जिल्ला जनस्वास्थ्य प्रमुख डा. भेषराज पोख्रेलले  सम्वोदन गर्दै वालवालीकालाई पोलियो थोपा अनिवार्य खुवाउन सवै पक्षले गाउँ गाउँमा जनचेतना छर्नु पर्नेमा जोड दिनुभएको थियो । भोली पहिलो चरणको कार्यक्रम अनुसार जिल्लाका ७२१ वटा वडा केन्द्र मार्फत १ हजार ४ सय ४२ स्वयम सेवकद्धारा ४१ हजार ७३ जना वालवालीका लाई पोलीयो थोपा खुवाउने कार्यक्रम रहेको सो कार्यलयका अधिकृत पार्थमणि न्यौपानेले वताउनुभयो । दोस्रो चरणको पोलियो थोपा फागुन २८ गते खुवाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग