Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अहिलेको गठवन्धनमा जनता सामेल छैन: उपाध्यक्ष पौडेल

Published on 10:57:00 PM //

पी.एम.मगर
नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष देवेन्द्रप्रकाश पौडेलले प्रत्येक क्याम्पसमा स्टुडेण्ट पार्लियामेन्ट स्थापनाको आवश्यकता रहेको वताउनुभएको छ ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको संपुर्ण हक अधिकारको सुनिश्चतताका लागि यस्तो पार्लियामेण्टको आवश्यकता रहेको औल्याउँदै नेविसंघले यसलाई एजेण्डाकै रुपमा अगाडी वढाउने वताउनुभएको छ । नेपाल विद्यार्थी संघ, रेसुङ्गा वहुमुखी क्याम्पस, इकाई समितिले आज आयोजना गरेको “वर्तमान राजनैतिक अवस्था, स्ववियू निर्वाचन” विषयक अन्तरकृयामा उपाध्यक्ष पौडेलले यस्तो वताउनुभएको हो ।
सोही अवसरमा प्रमुख अतिथि समेत रहनुभएका उपाध्यक्ष पौडेलले मुलुकका हरेक राजनीतिक परिवर्तनका क्रममा नेविसंघले खेलेको भुमिकावारे प्रकाश पार्दै आसन्न स्ववियू निर्वाचनमा पनि सही विद्यार्थी पंक्तिलाई मत दिन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो । अहिलेको सरकारलाई गैर गठवन्धनको संज्ञा दिदै पौडेलले अहिलेको गठवन्धनमा जनता सामेल नभएको वताउनुभयो । शान्ति र संविधान निर्माण सवैको साझा एजेण्डा रहेको र यसलाई निष्कर्षमा पुर्याउनका लागि सवै राजनीतिक दलहरुले गम्भिर भएर सोँच्नपर्ने वताउनुभएको छ ।
यस्तै अर्का केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठले वाम धु्रविकरणको सोँचका साथ अहिलेको सरकार चल्न खोजेको आरोप लगाउनुभएको छ । लोकतन्त्रका कुरा गर्ने नेताहरुले आफ्ना छोरा छोरीहरुलाई स्वदेश तथा विदेशका ठुल्ठुला कलेजहरुमा पढ्न पठाउने तर ती नेताहरुले नै साधारण नेपाली जनतालाई गरिव र अशिक्षित वनाउन खोजिरहेको वताउनुभएको छ । शिक्षामा व्यापारीकरण झन तड्कारो वन्दै गईरहेको भन्दै शिक्षामा भएका हरेक विभेदहरुको अन्त्यको लागी आफु र आफ्नो संगठन नेविसंघ लागिरहेको वताउनुभएको छ ।
कार्यक्रममा नेविसंघ गुल्मीका अध्यक्ष कृष्ण अर्याल, उपाध्यक्ष नारायण जिसी, सचिव भगतसिँह खड्का, स्ववियू सचिव पुर्ण केसी, नेविसंघ अर्घाखाँचीका अध्यक्ष मेघराज पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेविसंघ रेसुङ्गा वहुमुखी क्याम्पसका अध्यक्ष धर्मराज पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदिप अर्याले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन इकाई सचिव निर्मला पन्थीले गर्नुभएको थियो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग