Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार महासंघ गुल्मीको पुरस्कार पत्रकार सुनार र खड्कालाई

Published on 11:08:00 AM //

शिबलाल सुबेदी
    नेपाल पत्रकार महासंघ गुल्मीले यसवर्षको कृयाशिल पत्रकारीता पुरस्कारबाट पत्रकार प्रेम सुनार र गगनशिला खड्कालाई सम्मानित गर्ने भएको छ ।
पत्रकार गगनशिला खड्का 
महासंघको हिजो सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । सो पुरस्कार महासंघको यही फागुन ६ र ७ गते हुने तेश्रो जिल्ला अधिबेशनमा प्रदान गरीने पत्रकार महासंघ गुल्मीका अध्यक्ष जनार्दन घिमिरेले बताउनुभयो । यसैविच पत्रकार महासंघ गुल्मी शाखाको तेश्रो जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते सम्पन्न गर्ने बैठकले अधिवेशनका लागी नेपाल बार एसोसीएसनका अध्यक्ष पे्रमराज आर्चायको संयोजकत्वमा नारायण ज्ञवाली र श्रीप्रसाद भलामी रहनुभएको ३ सदस्यीय निर्वाचन समिती गठन गरेको छ ।
साथै बैठकले शाखा अध्यक्ष जर्नादन घिमिरेको संयोजकत्वमा कार्याबाहक सचिब भरत पाण्डेय र नरेश भण्डारी रहनुभएको ३ सदस्यीय सांगठानिक प्रतिवेदन समिति र कोषाध्यक्ष तेजेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा सदस्य ज्ञानबहादुर महतरा सदस्य रहनुभएको आर्थिक प्रतिवेदन समिती समेत गठन गरेको छ ।  संस्थाको लेखा परीक्षणका लागी चिरञ्जिवी शर्मा भण्डारी लाई लेखा परीक्षक नियुक्त गर्ने समेत बैठकले निर्णय गरेको छ ।
पत्रकार प्रेम सुनार 
    

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग