Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हत्याको आशंकामा जाहेरी, छानबिनको माग

Published on 4:11:00 PM //

शिबलाल सुबेदी
विहिवार गुल्मीको वाग्ला गाविसमा मृत अवस्थामा फेला परेका माओवादी कार्यकर्ता खगिश्वर जैसी भट्टराईको हत्याको आशंका गर्दै परिवारजनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

सिर्सेनी गाविस वार्ड नं. ९ निवासी ५६ वर्षीय भट्टराई विहिवार वाग्लाको गाडापारी भन्ने स्थानमा मृत अवस्थामा फेला परेका थिए । मृतक भण्डारीको घटनास्थलको प्रकृति हेर्दा र स्थानीयवासीको भनाई अनुसार हत्या भएको भन्दै उनका परिवारजनले आज जिल्ला प्रहरी कार्यालय गुल्मीमा छानविन गरी पाउँ भनि जाहेरी दिएका हुन् । मृतकका भाई तेजप्रसाद जैसी भट्टराईले दिनुभएको जाहेरीमा सोही रात दाजुसँगै वसेर खाजा खाएको वताउनुभएको छ । भट्टराईको हत्या पछि घरदेखि डेढ सय किलोमिटर टाढा लगेर नाटकीय ढङ्गले शव राखिएको भतिज गुनाराम जैसी भट्टराईले वताउनुभएको छ । एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य वेगम वोहोराले पनि उहाँको मृत्यु रहस्यमय वनेको वताउनुभएको छ । भट्टराईका परिवारजनले माओवादी पार्टी र संवन्धित निकायसँग निष्पक्ष छानविनको माग गरेका छन् । भट्टराई माघ १९ गते दिउँसो भगवती उच्च माध्यमिक विद्यालय, वाग्ला नेटाको वैठक सकेर फर्किदै थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग