Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमानवाट निर्घात कुटिईन श्रीमती, घर भात्काएर भागे श्रीमान

Published on 7:30:00 PM //

शिबलाल सुबेदी 
गुल्मीका एक व्याक्ति श्रीमतिसँगको झगडावाट रिस सहन नसकि श्रीमतिलाई निर्घात कुटपीट गर्नुका साथै आफ्नो घर समेत भत्काएर फरार भएका छन् ।

चार महिना अघि मात्र विवाह गरी ल्याईएकी श्रीमति कोपिला केसीलाई निर्घात कुटपिट गरी अर्खले गाविस वार्ड नं. ३ खाम्सेपानी निवासी २७ वर्षिय झविन्द्र केसीले घर भत्काएर फरार भएका हुन् । विहे गरेको दुई महिनासम्म राम्रै संवन्ध रहेपनि गत दुई महिनादेखि दम्पतीविच झैझगडा चलेको र हिजो राती करिव ११ वजे कुटपिट गरी घर छाडेका श्रीमान झविन्द्र आज दिउँसो ११ वजेको समयमा घरमा आई आफुलाई निर्घात कुटपिट गर्नुका साथै घरको छानो र पाली भत्काएर भागेको पीडित कोपिलाले वताउनुभएको छ । श्रीमान झविन्द्रले घरमा आगो समेत लगाउने प्रयास स्वरुप घर नजिकैको टौवामा आगो लगाएर फरार भएको उहाँले वताउनुभएको छ ।
अहिले पीडित कोपिला र उनका आमा छिमेकीको घरमा गई वस्न थालेको स्थानीयवासीले वताएका छन् । यस संवन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्दा फोन मार्फत घटनाको विवरण वताईए पनि घटनाको थप विवरण नआएको र लिखित उजुरी पनि अझै नआएको जानकारी दिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग