Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपाङ्गहरुको अधिकारको सुनिश्चितता हुनुपर्ने

Published on 11:40:00 PM //

पी.एम.मगर
अव वन्ने संविधानमा अपाङ्गता भएका व्याक्तिहरुको अधिकार सुनिश्चत हुनुपर्ने अपाङ्गताको क्षेत्रमा कार्य गर्ने विभिन्न व्याक्तिहरुले जोड दिएका छन् ।
संविधानमा अपाङ्गताको हक तथा अधिकारको सुनिश्चित हुन नसक्दा अपाङ्गहरु अहिले पनि राज्य तथा समाजको पहुँचवाट टाढा रहन वाध्य भएको उनीहरुले वताएका छन् । अव वन्न लागेको नयाँ संविधानमा अपाङ्गताको हक अधिकार सुनिश्चताका लागि अहिले देखि नै आवाजहरु उठाउनुपर्ने उनीहरुले जोड दिएका छन् ।
रेडियो रेसुङ्गाको विषय समयसँग कुराकानी गर्दै आईएनएफ हरियोखर्क अस्पताल, पोखराका डा. हरि के.सी.ले संविधानमा अपाङ्गताहरुको अधिकारहरु, उनीहरुले पाउनुपर्ने सुविधा लगायतका महत्वपुर्ण कुराहरु स्पष्ट रुपमा उल्लेख हुनुपर्ने वताउनुभएको छ । उहाँले देशका विभिन्न क्षेत्रहरुमा अपाङ्गताको क्षेत्रमा कार्य गर्ने नाममा धेरै एनजीओ तथा आईएनजीओ खुलेको र ती संस्थाहरुले सञ्चालन गरेका कार्यहरु अपाङ्गता भएका व्याक्तिहरुको पक्षमा छन् वा छैनन् भन्ने कुरा स्वयं अपाङ्गता भएका व्याक्तिहरुले पनि मुल्याङ्कन गर्नुपर्ने र संवन्धित निकायमा प्रत्यक्ष वा
अप्रत्यक्ष रुपमा जानकारी दिनुपर्नेमा जोड् दिनुभएको छ ।
त्यस्तै अपाङ्ग एकता समाज गुल्मीका अध्यक्ष घनवहादुर खड्काले अपाङ्गताको क्षेत्रमा राज्यको हरेक निकायमा विभेद भईरहेको वताउनुभएको छ । उहाँले प्रत्येक गाविसमा अपाङ्गताका नाममा र कमहरु छुट्टाउने गरिएपनि र सो रकमलाई विकास निर्माणका काममा लगाईने परिपाटी अझै कायमै रहेको वताउनुभएको छ । उहाँले गाविस होस वा जिल्ला विकास समितिवाट जुन शिर्षकमा रकम विनियोजन हुनुपर्ने हो सोही शिर्षकमा नै रकम परिचालन हुनुपर्ने कुरामा जोड् दिनुभएको छ ।
यसैविच आशा अपाङ्ग केन्द्र गुल्मीका उपाध्यक्ष गंगा रायमाझीले समाजमा अपाङ्गता भएका व्याक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन हुन नसकेको भन्दै जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको वताउनुभएको छ । अपाङ्गता भएका व्याक्तिहरु सधै असुरक्षित रहेको भन्दै साना साना पक्षमा समेत सरकारको ध्यान जान नसकेको उहाँले वताउनुभयो । गुल्मीको सदरमुकाम तमघासमा दुई दिने ह्वील चियर जाँच परिक्षण क्याम्प आजदेखि शुरु भएको छ । आईएनएफ हरियोखर्क अस्पताल पोखराको आयोजना तथा आशा अपाङ्ग केन्द्र र नेपाल अपाङ्ग एकता समाज गुल्मीको समन्वयमा उक्त क्याम्प सञ्चालन गरिएको हो । क्याम्पमा हरियो खर्क अस्पताल पोखराका डा. हरि विसी लगायतको एक टोलीले परिक्षण गरिरहेको छ । टोलीमा अकुपेश्नल थेरापिष्ट जुना गुरुङ्ग, फिजियोथेरापिष्ट सर्मिला गुरुङ्ग, ह्वील चियर टेक्निसियन रेवन्तवहादुर ठाडा मगर, ऋषीराम वराल लगायतको सहभागीता रहेको छ । क्याम्पको व्यवस्थापनका लागि महिला तथा वालवालिका विकास कार्यालय गुल्मीका सिता पोख्रेल, आशा अपाङ्ग केन्द्रका उपाध्यक्ष गंगा रायमाझी अपाङ्ग एकता समाज गुल्मीका अध्यक्ष घनवहादुर खड्का लगायतका व्याक्तिहरुले समन्वय
क्याम्पको समन्वय गरिरहनुभएको छ ।
क्याम्पको आज एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले ह्वील चियर वितरणका लागि पुर्व योजना सञ्चालनमा ल्याउनु महत्वपुर्ण कार्य भएको भन्दै यसका लागि प्रशासकीय तवरवाट आवश्यक परेको ठाउँमा आफुले सहयोग पु¥याउने वताउनुभएको छ । कार्यक्रमको सञ्चालन सिता पोख्रेलले गर्नुभएको थियो । क्याम्पमा आज पहिलो दिन ३० जना भन्दा वढी अपाङ्गता भएका व्याक्तिहरुको लागी ह्वील चियरको नाँप गरिएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग