Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मिटर पड्केर घर खरानी भयो, क्षतिपूर्ति दिलाईदिन आग्रह

Published on 6:46:00 PM //

सामुदायीक विद्युतीकरणको लापरवाहीका कारण घरमा आगलागी भएको भन्दै रूपाकोट-९ दमुकाकी कल्पना भण्डारीले प्राधिकरणसंग क्षतिपूर्ति दिलाईदिन आग्रह गरेकी छन् ।
पटक पटक विद्युतको मिटर विग्रिएको जानकारी गराउँदा समेत प्राधिकरणको सामुदायीक कार्यालयले कुनै वास्ता नगर्दा विद्युत सर्ट भएर उनको घरमा आगलागी भएको थियो । आगलागीबाट घर जलेर नष्ट हुँदा ७ लाख बढीको क्षति पुगेको छ ।
कल्पनाले विद्युतको मिटर बिग्रिएको जानकारी २० दिन अगाडी देखि नै दिंदा समेत कुनै वास्ता नगरेपछि मिटर पड्केर आगलागी भएको बताईन । ‘२० दिन अगाडी देखि नै मिटर बिग्रियो भनेर कार्यालयमै पुगेर आग्रह गरें’, उनले गुनासो गरिन, ‘कसैले वास्ता नगर्दा मिटर पड्केर घर नै सखाप भयो ।’
क्षतिपूर्ति दिलाईदिन कल्पना सहित गाउँका तिन दर्जन बढी सर्वसाधरणले प्रधानमन्त्रीको कार्यालय देखि गृह मन्त्रालय, जिल्ला प्रशासन, राजनीतिक दल, नागरिक समाज, प्रहरी लगायतमा निवेदन दिएकी छन् । विद्युतीकरणको लापरवाहीका कारण घर जलेर नष्ट भएपछि एक साता देखि कल्पनाको परिवार छिमेकीको घरमा बस्दै आएको छ ।

नयाँभावना दैनिकबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग