Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरवाट वहिस्कृत भएपछि कार्यालयमा शिशुको न्वारान

Published on 10:21:00 PM //

पी.एम.मगर 
महिला विकास कार्यालय गूल्मीमा आज एक नवजात शिशुको न्वारन गरिएको छ । जेठाजुको छोरा भतिज पर्नेले अवैध करणी गरेपछि रहन गएको गर्भ परिवारजनबाट अस्वीकार भएपछि शुक्रबार बिहान गुल्मी वलेटक्सार गाविस स्थित एक महिलाले आफ्नो नवजात शिशुको न्वारन महिला विकास कार्यालय गुल्मीमा गर्नु परेको हो ।

जिल्लाको बलेटक्सार गाविस वार्ड ७ निवासी अर्जुन थापाकी श्रीमतिले यसरी आज ११ दिनको छोराको सो कार्यालयमा न्वारान गराउनुभएको हो । स्थानीय जेठाजुको छोरा पर्ने दुर्गा थापाले गत वैशाख १८ गते साँझ करिब ८ बजेको समयमा आई एक्लै सुतिरहेको बेला आफूलाई करणी गरी गर्भ रहन गएकोले आफु घरवाट निकाला भएको र माइतीले समेत वस्न नदिएपछि आफु अलपत्र परेको थापाकी श्रीमतिले बताउनुभएको छ ।
 आरोपित दुर्गाका परिवारजनले पनि जिम्मेवारी लिन नचाहने र पूर्व पतिको परिवारले पनि बहिस्कार गरेपछि प्रशासनले महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटालाई न्वारान गरिदिने व्यवस्था मिलाईदिन आग्रह गरेपछि आज निमित्त महिला विकास अधिकृत सीता पोख्रेल, संयन्त्रका सदस्यहरु ललिता गौतम, सृजना तरामु, निर्मला पोख्रेल लगायले कार्यालयको प्रांगणमा ब्राह्मण बोलाई विधिवत् न्वारान सम्पन्न गरेका हुन् । न्वारनमा पण्डितले बालकको नाम आविश्कार, शैशव र जितेन्द्र राखिदिएका छन् । 
बालकको बाबुको भूमिकामा अधिकारकर्मी विष्णुकुमारी सापकोटाले औंलामा तिलकुश बाँधी जग्गेमा पुजा अर्चना समेत गर्नुभएको छ ।  आफ्ना श्रीमान भारतमा रहेको र गर्भ रहन गई सासुले घर निकाला गरेका कारण उहाँ दशैंदेखि माइत बस्दै आएको र दुर्गासँग प्रशासनले साउदीमा सम्पर्क गर्दा आफूलाई ढाकछोप गर्न खोजेको वताईएको छ । उक्त युवाले आफ्नो गर्भ नभएको दावी गरे पनि यौन सम्पर्क गरेको स्वीकार गरेपछि पीडित महिलासँग थप वयान लिइ संयन्त्रले यस्तो निर्णय गरेको वताइएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग