Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो रेसुङ्गा चौथो वर्षमा, बिबिध कार्यक्रमका साथ स्रस्टा सम्मान गरिने

Published on 5:17:00 PM //

पी.एम.मगर

गुल्मीको पहिलो रेडियो, रेडियो रेसुङ्गा आजदेखि चौथो वर्षमा प्रवेश गरेको छ ।
गाउँदेखि शहरसम्म, पहाडदेखि तराईसम्म, शान्ति र समानताको प्रतिक भन्ने मुल नाराका साथ २०६४ साल फाल्गुन ७ गते प्रजातन्त्र दिवसको दिन स्थापना भई आफ्नो नियमित प्रशारण कार्य शुरु गरेको रेडियोले आज आफ्नो तेस्रो वार्षिकोत्सव मनाईरहेको छ । रेडियोले प्रशारण गर्ने हरेक कार्यक्रमहरु सवै वर्ग, क्षेत्र र समुदायलाई लक्षित गरी तयार गर्ने गरेको छ जसले गर्दा यूएसआईडीको सर्वेक्षण अनुसार नेपाल अधिराज्यमै कार्यक्रममा पाँचौ र समाचारमा छैठौँ स्थान प्राप्त गर्नु सफल भएको छ ।
गुल्मी जिल्लाको अत्यन्तै रमणीय, धार्मिक, ऐतिहाँसिक, प्राकृतिक एवं पर्यटकीय स्थल रेसुङ्गाको काखमा अवस्थित तमघास वसपार्कमा स्टुडियो रहेको रेडियोले समुद्री सतहदेखि दुई हजार मिटर उचाईमा तमघासकै अर्जुनडाँडामा रहेको ४० मिटर अग्लो टावरवाट आफ्नो प्रशारणलाई निरन्तरता दिईरहेको छ । रेडियो रेसुङ्गा देशका ५४ जिल्ला र भारतका विभिन्न क्षेत्रहरुमा सुन्न सकिन्छ भने इन्टरनेट अनलाईन मार्फत संसारभर सुन्न सकिन्छ ।
वार्षिकोत्सवको अवसर पारेर तमघासको चिदिचौरमा माध्यमिक विद्यालय स्तरीय खुल्ला नृत्य प्रतियोगिता तथा सृष्ठा सम्मान कार्यक्रमको आयोजना समेत गरेको छ । यस वर्ष वार्षिकोत्सवको अवसरमा चर्चित लोक गायक खुमन अधिकारी र लोक गायिका सर्मिला गुरुङ्गलाई सृष्ठा सम्मान २०६७ ले सम्मान गरेको छ ।
 कार्यक्रमको अर्घाखाँची जिल्लाका सभाषद पुस्पा भुसालले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको छ भने रेडियो सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले रेडियोलाई यहाँसम्म ल्याईपु¥याउन सहयोग गर्ने संचालक समितिका पदाधिकारी, शेयर सदस्य, विज्ञापनदाता, समाचार दाता, समाजसेवी, वुद्धिजीवि तथा स्रोताप्रति कृतज्ञता प्रकट गर्नुभएको छ । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग