Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाईते

Published on 5:15:00 PM //

पी.एम.मगर
गुल्मीको जुनिया गाविसमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
जोहाङ्ग खैरेनीवाट जुनियाँतर्फ विजुलीको पोल लिएर जाँदै गरेको लु २ त ३३९२ नं.को ट्याक्टर जुनियाँ गाविसको वार्ड नं. ५ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा परि जुनिया ५ का ११ वर्षीय मदन सुनारको मृत्यु भएको छ भने सोही स्थानका १३ वर्षीय भिमसेन थापा र हँसरा गाविस ९ का १७ वर्षीय सेखम काउछा घाईते भएका छन् ।
घाईते दुवैलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा स्थित मिसन अस्पतालमा रिफर गरिएको छ । अत्यधिक लोडका कारण ट्याक्टर सडकमै पल्टिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग