Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिन महिने सिलाई कटाई तालिम सम्पन्न

Published on 6:28:00 PM //

घनश्याम गौतम
गुल्मीको ठुलो लुम्पेक गाविसमा संचालन भएको तिन महिने सिलाई कटाई तालिम आज समापन भएको छ ।

सहिद स्मृति महिला समुह ठुलोलुम्पेक–७ थुम्काको आयोजनामा भएको तालिमको आज १ सय १ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर समापन गरिएको हो । समापन कार्यक्रममा एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य दिनेश पन्थी, राज्य समिति सचिवालय सदस्य युवराज के.सी., नेपाल राष्ट्रिय गगनपुर निमाविका प्रधानाध्यापक मानबहादुर राहाडी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमको ३५ हजार र समुहको ५ हजार समेत गरी ४० हजारको लागतमा सम्पन्न सिलाई कटाई तालिमका अवसरमा समुहकी कोषाध्यक्ष शिला थापाले ४० हजार ४ सय ८० रुपैंया बराबरको आयब्यय प्रस्तुत गर्नु भएको थियो । ४० जना सहभागी तालिम समापन कार्यक्रम समुहकी अध्यक्ष राधा राहाडी मगरको सभापतित्व, सह सचिव धना राहाडी मगरको स्वागत मन्तव्य र सदस्य टोपली थापाको संचालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग