Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा क्षेत्रमा लागेको आगो लामो प्रयासपछि नियन्त्रणमा

Published on 7:23:00 PM //

पी.एम.मगर
गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा जंगलको दक्षिण पुर्वी क्षेत्रमा सोमबार दिउसो देखि आगो लागेको  आगो वेलुकी मात्र नियन्त्रणमा आएको छ । अज्ञात व्यक्तिले सल्काएको उक्त आगोले भिषण रुप लिएपछि जंगलको ठुलो क्षेत्र नष्ट भएको छ ।

डडेलोका कारण जंगलमा रहेका वोटविरुवा, जडिवुटी लगायत काठ जन्य वस्तुहरु नष्ट हुनुका साथै वन्यजन्तुहरु पनि प्रभावित वनेका छन् । आगो निभाउनको लागि कालिदत्त गुल्मका नेपाली सेना तथा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली, रेसुङ्गा सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरु, विभिन्न क्लव, संघसंस्थाहरु लगायत स्थानीयवासीको लामो प्रयासवाट मात्र आगो नियन्त्रणमा आएको थियो । आगलागी भएको क्षेत्र सदरमुकामवाट नजिकै रहेको छ । आगो सदरमुकाम नजिकै पाँचराते भन्ने स्थानवाट शुरु भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग