Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्थमन्त्रिको कार्यप्रती निजामती कर्मचारीको आपत्ति

Published on 7:14:00 PM //

सञ्जु थापा
नेपाल निजामति कर्मचारी युनियन अञ्चल समन्वय समिती लुम्विनी र नेपाल निजामति कर्मचारी युनियन परिवार गुल्मीले अर्थमन्त्री भरतमोहन अधिकारीबाट विभिन्न गैर कानुनी काम गर्न दबाब दिई अर्थ सचिव रामेश्वर खनाललाई पदबाट राजिनामा दिने सम्मको वाध्यात्मक परिस्थीती सिर्जना गरेको खबरले नेपाल निजामति कर्मचारी युनियन गुल्मीले ध्यानाकर्षण गराएको छ ।
आफ्नो सेवा प्रति गैर ईमान्दार र  कर्तवयनिष्ट  राष्टसेवक निजामति कर्मचारी प्रति गैर कानुनी कार्य गर्ने, गराउने दुश्प्रयासस्वरुप भएको राजनितीक हस्तक्षेपको घोर भ्रत्सर्ना गदै प्रचलित कानुन अनुसार निर्वाधरुपमा काम गर्नै वातावरण सिर्जन गर्न नेपाल सरकारसंग एक प्रेस विज्ञप्ती मार्फत माग गरेको छ ।  आज दिउसो दिनको १२ बजेदेखि दिउसो २ बजेसम्म अर्थमन्त्रालयअन्तर्गत सम्पुर्ण कार्यलयहरुमा विरोध स्वरुप कलम बन्द गरेको थियो ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग