Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लुटियो लाहुरको कमाइ

Published on 11:39:00 AM //

सीता भण्डारी
विदेशमा रोजगारीगरेर स्वदेश फर्कदै गरेका गुल्मीका एक ब्याक्तिको कमाई गरेका रकम घर नआईपुग्दै बाटोमै लुटिएको  छ ।

एक वर्षअगाडी रोजगारीको सीलसीलामा अफगानिस्थान पुगेका गुल्मीको अर्खले गाविस वाड.नं.८ का ४२ वर्षीय ईन्द्रवहादुर घर्तीको काठमाण्डौवाट घर फर्कनेक्रममा साथमा रहेको करिव डेढ लाख रुपैया रकम गाडीभित्रै लुटीएको हो । विदेशवाट काठमाण्डौ आएपछि वुधवार लु १ ख ५९७० नंको रात्री वसमा गुल्मीतर्फ आउदै गर्दा सगै रहेको नचिनेको व्यतिmले आफुलाई वेहोस वनाई रकम लगेको घर्तिले वताएका छन् । 
अझै पुराहोस समेत नखुलेका घर्तिले एक नाम ठेगाना थाहा नभएको ब्याक्तिसँग सुनवलमा सँगै खाना खाएको वताएका छन् । सो ब्याक्ती गुल्मीकै रीडिमा गाडिवाट ओर्लिएको र आफुले रिडी बजारमाथी थोर्गामा आएपछि मात्र साथमा रहेका पैसा नभएको थाहा पाएको घर्तिले वताएको प्रहरीले जनाएको छ । उनको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ । उनको होस खुलेपछि मात्र सबै कुरा खुल्ने प्रहरीले जानकारी दिएको छ । 
उनी सगै बसेका ब्यक्तिको टिकटमा दिपक नाम उल्लेख भए पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । अज्ञात ब्याक्तिले उनलाई लागुपदार्थ खुवाई वेहोस पारेर रकम लगेको हुनसक्ने प्रहरीले आसंका छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग