Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एस.एल.सीको तैयारी पुरा

Published on 6:00:00 PM //

सीता भण्डारी
भोलि देखि सुरुहुनलागेको यस वर्षको एस एल सी परीक्षाको तैयारी गुल्मी जिल्लामा पुरा भएको छ ।

 गुल्मी जिल्लामा २८ वटा केन्द तोकिएको छ भने परीक्षामा नियमित तर्फ ४५ सय २३ र एक्जाम्टेड तर्फ २८ सय २२ गरी कुल ७ हजार ३ सय २५ जना विधार्थी सहभागि हुदैछन् । सवै केन्द्रको तैयारी पुरागर्न शिक्षा विभागवाट जिल्ला शिक्षा कार्यालयमा आएको दश वुँदे निर्देशन पत्र वमोजिम सम्पुर्ण आचारसंहिता सहित तैयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । 
परीक्षालाई मर्यादीत, व्यास्थीत र अनुसाशित वनाउन सवै परीक्षा केन्द्रमा केन्द्रध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक एवं शुरक्षा निकाय तोकिएको र जिम्मेवारी अनुरुप कार्य नभए तत्काल कारवाही गरी वैकल्पिक व्यवस्था मिलाउने जिला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले जानकारी दिनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग