Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुदमाथिको माओवादी ब्यवहारप्रति भारतीय भुपुसैनिकद्वारा खेद

Published on 11:13:00 PM //

सञ्जु थापा 
गुल्मी पुगेका भारतीय राजदुत राकेश सुदलाई एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुबाट कालो झण्डा देखाई विरोध गरेकोमा भारतीय भूतपुर्व सैनिक परिवार, गुल्मीले खेद प्रकट गरेको छ ।
यस विरोध कार्यक्रमबाट गुल्मी जिल्लाका विकास निर्माण लगायतका कार्यमा नेपाल पछाडि पर्नुको साथै अतिथीप्रति देखाईएको दुव्यवहारले सम्पुर्ण भारतीय भुतपुर्व सैनिक दुखित भएको भारतीय भुपु सैनिक कल्याणकारी समिती गल्मीका अध्यक्ष कुलदीप थापाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । परिवारले अबका दिनमा यस्ताखालका कार्यक्रम नदोहोराउन सम्वन्धीत पक्षलाई ध्यानाकर्षण गराउदै यस्ता कार्य प्रति सम्पुर्ण भारतीय भुतपुर्व सैनिकहरु एकजुट भई प्रतिकार गर्न तयार रहेको बताएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग