Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राहत पाए अग्नीपिडीतले

Published on 2:22:00 AM //

पि.एम.मगर
गत शनिबार आगलागीबाट गाउँ नै ध्वस्त भएको गुल्मीको ठूलोलुम्पेक ८ को गुलुम्दी गाउँका अग्नीपिडीतहरुलाई विभीन्न संघ संस्थाहरुले राहत वितरण गरेका छन् ।

आगलागीबाट क्षती भएका ९ घरपरीवारलाई नेपाल रेडक्रस सोसाईटी गुल्मी, जिल्ला प्रशासन कार्यालय र जिल्ला विकाश समिति तथा स्थानिय विभीन्न स्वयंसेवीहरुको तर्फबाट राहत वितरण गरीएको हो । आगलागीको क्षतीको विबरण, अग्नीपिडीतहरुको अबस्था बुझ्न तथा राहत प्रदान गर्न पुगेको टोलीले घटनाको विषयमा जानकारी लिनुका साथै पिडीतहरुलाई राहत प्रदान गरेको थियो । 
उनीहरुलाई नेपाल रेडक्रस सोसाईटिले त्रिपाल, भाँडाकुँडा, लत्ताकपडा र चिउरा दिएको थियो भने जिल्ला प्रसासन कार्यालयले राहत कोषबाट प्रतिपरीवार चार हजारका दरले तथा जिल्ला विकास समितिले प्रति परीवार एक हजारका दरले राहत प्रदान गरेको हो । आगलागी पिडीतहरुलाई नेपाल रेडक्रस सोसाईटी गुल्मीका कार्यालय सहायक अनुराम पाण्डे, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा यज्ञश्वर पन्थी, पत्रकार महासंघ गुल्मीका सचिव भरत पाण्डेय, जिवीसका सवारी चालक देविप्रसाद पन्थी लगायतले राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो । अग्नीपिडीतहरुलाई तत्कालका लागी खाने बस्ने समस्या नहोस भन्ने उद्देश्य अश्लेवाका डा. बलराम अधिकारी, पारीश्वर ढकाल, नामदेव पाण्डे, स्थानिय ओमबहादुर कुँवर लगायतले नगद, खाद्यान्न र तरकारी राहत स्वरुप प्रदान गर्नुभएको थियो । 
टोलीले आगलागी पिडीतको अबस्था र क्षतीको बारेमा जानकारी समेत लिएको थियो । सो गाउँमा भएको आगलागीबाट मित्रलाल तरामु, बसन्त तरामु, गुरु बहादुर तरामु, घन बहादुर तरामु, डिल बहादुर तरामु, सहविर तरामु , तुल्सीराम तरामु , ङङ्गलाल तरामु र फर्सुराम तरामुको घर तथा गोठहरु मा रहेको लत्ताकपडा, काजगपत्र र अनाज, नगद लगायत गरी २० लाख भन्दा बढी क्षती भएको पिडीतले बताएका थिए । यसैविच आगलागीका कारण आकाशमुनि बास बसेका अग्नीपिडीतहरुले अग्नीपिडीतहरुलाई जिल्ला विकाश समिति र राजनितिक दलहरुले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् । 
आगलागीबाट गाउँ नै ध्वस्त भएर छिमेकीको शरणमा बसेका पिडीतहरुको अबस्था बुझ्न जिल्लाबाट राजनितिक दलका प्रतिनिधि र जिल्ला विकास समितिका कुनैपनि पदाधिकारी नपुगेपछि पिडीतहरुले आपत्ति प्रकट गरेका हुन् । उनीहरुले आफूहरुसंग खान र बासको लागी केहीपनि नभएको अबस्थामा दलका नेताहरु नपुग्नु र जिल्ला विकाश समितिले राहतको नामका जम्मा एक हजार रुपैया प्रदान गरेर आफूहरुको अपमान गरेको गुनासो गरेको पत्रकार महासंघ गुल्मीका सचिव भरत पाण्डेयले जानकारी दिनुभयो । 
आगलागी पिडीतहरुका बालबालीकाले आफ्ना कापिकिताव सबै जलेकोले आफूहरु विदालय जान सक्ने अबस्थामा नभएको दुखेसो पोखेका छन् । उनीहरुले संघसंस्थाहरु संघ सहयोगको माग समेत गरेका छन् । राहत हस्तानतरण कार्यक्रममा घटनास्थलमा गाविस सचिव टंकप्रसाद पन्थी, नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति पारीश्वर ढकाल, समाजसेवी नामदेव पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग