Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सव प्रचारप्रसार टोलीद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

Published on 2:25:00 AM //

पि.एम.मगर
गुल्मी महोत्सव मूल समारोह समितिका संयोजक कृष्णप्रसाद भण्डारीको नेतृत्वमा प्रचार–प्रसारको शिलसिलामा निस्किएको टोलीले पोखरावाट फर्किने क्रममा हिजो गुल्मीको रिडीमा भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

टोलीले रिडी स्थित समाजसेवी, वुद्धिजीवि, उद्योगी, व्यापारी, होटल व्यवसायी तथा विभिन्न संघ संस्थाहरुसँग छलफल गरि प्रथम गुल्मी महोत्सवको तयारी र सहयोगका वारेमा छलफल गरेको थियो । कार्यक्रममा रिडीवासीले गुल्मी महोत्सवमा आफुहरुले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा रुरु गाविसका गाविस सचिव वोधराज आचार्य, पुर्व गाविस अध्यक्ष केशरमान श्रेष्ठ, पुर्व उपाध्यक्ष चन्द्रलाल कसजु, सप्तचण्डी महिला समुहकी अध्यक्ष धना राना, किशोर श्रेष्ठ, ओम अमात्य लगायत स्थानीय समाजसेवी, वुद्धिजीवि, उद्योगी व्यवसायी तथा होटल व्यवसायीहरुको सहभागीता रहेको थियो । 
कार्यक्रममा विशेष गरी जिल्लाको प्रवेशद्धार रिडी वजारको आकर्षक तथा व्यवस्थित सरसफाईका साथै शालिग्राम पाईने स्थानको रुपमा कसरी पहिचान दिलाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । ऐतिहासीक, धार्मिक तथा पौराणिक दष्टिकोणवाट त्यस क्षेत्रको विकास गर्न सके आन्तरीक तथा वाह्य पर्यटक भित्राउन सकिने र गुल्मी महोत्सवलाई महत्वपुर्ण टेवा पुर्याउने विषयमा पनि छलफल तथा अन्तरकृया भएको थियो ।
टोलीले हिजो पोखराका उद्योग व्यवसायी, व्यापारी, उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग पनि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको थियो । प्रचार–प्रसार टोलीमा गुल्मी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा गुल्मी महोत्सव आर्थिक समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठ, महासचिव कृष्णप्रसाद पोख्रेल र होटल व्यवसायी समितिका अध्यक्ष युवराज भण्डारी सहभागी हुनुहुन्थ्यो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग