Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिजुली नबाल्ने इन्जिनियरलाई जनताले थुने मन्दिरमा

Published on 9:44:00 PM //


पि.एम.मगर
पैसा उठाएर पनि गत सात वर्षदेखि सुरु गरिएको सामुदायिक विद्युतको वत्ती नवलेपछि आक्रोशित उपभोक्ताहरुले प्राधिकरणका इन्जिनियरलाई नियन्त्रणमा लिएका छन ।
आज विद्युत सव डिभिजन कार्यालय वुटवलका एक इन्जिनियरलाई वस्तु सामुदायीक ग्रामीण विद्युतीकरणका  उपभोक्ताहरुले नियन्त्रणमा लिएका हुन । उपभोक्ताहरुले डिभिजन कार्यालय वुटवलका इन्जिनियर शिवमुर्ति त्रिपाठीलाई नियन्त्रणमा लिएका हुन् । गत मंसिर महिनामा वत्ति वल्छ भनेर उपभोक्ताहरुलाई आश्वास्त तुल्याईए पनि संझौता अनुसार कुनै कार्य हुन नसकेपछि उपभोक्ताहरुले इन्जिनियर त्रिपाठीलाई घेरेर केही समय वस्तु ४ को कालिकास्थान मन्दिर भित्र थुनेर राखेको उपभोक्ता समितिका सचिव युवराज पाण्डेले जानकारी दिनुभएको छ ।
विद्युतिकरणका ठेकेदार आइ निकास नदिएसम्म इन्जिनियर त्रिपाठीलाई आफुहरुले नछाड्ने उपभोक्ताहरुले चेतावनी दिएका छन् । २०६१ सालदेखि करोडौको लागतमा सुरु गरिएको वस्तु सामुदायीक विद्युतका लागी उपभोक्ताहरुले कसैले घरका सामाग्री र जग्गा समेत वेचेर पैसा वुझाएपनि अपेक्षा गरे अनुसार कार्य हुन नसकेको र तोकीएको समयमा वत्ति समेत नवलेपछि पटक पटक वस्तुका उपभोक्ताहरुले सम्वन्धित पक्षलाई ध्यान आकृष्ट गराउदै आएका थिए । सोही विषयलाई लिएर प्रहरीको रोहवरमा नियन्त्रणमा रहेका इन्जिनियर र उपभोक्ताहरु विच विद्युत सञ्चालन गर्ने सम्वन्धमा छलफल चलिरहेको छ । वस्तु गाविसमा मात्र नभई सामुदायिक विद्युतका लागि अन्य गाविसका उपभोक्ताहरुले पनि लामो समय कुर्नु परेको छ ।

यसरी लामो समयपछि विद्युत पुगेका गाविसका उपभोक्ताहरुले पनि समयमा वत्ति नआउने र आएपनि मधुरो वत्ति आउदा विद्युतसंगै टुकी वत्ति वाल्नु पर्ने अवस्था रहेको छ । त्यस्तै वत्ति वितरणमा भेदभाव गर्ने, ट्रान्समीटरहरु कम्पनीको मुल्य भन्दा वढी रकम लिई वितरण गर्ने, वत्ति नवले पनि उपभोक्ताहरुवाट अनिवार्य रुपमा मासिक ८० रुपैया असुल्ने गरेकोले आफुहरु ठगिएको उपभोक्ताहरुले गुनासो पोखेका छन् । वत्ति आएका कैयौं गाविसका विपन्न परिवारले वत्ति वाल्न सकेका छैनन् । ८० प्रतिसत सरकारको र २० प्रतिसत उपभोक्ताहरुको रकम सवै जनताका लागि वरावरी भएपनि वत्ति वाल्ने वेलामा गरिवको घरमा वत्ति वल्न नसक्नुप्रति सरकारको ध्यान जान जरुरी देखिन्छ । सामुदायीक विद्युतमा कर्मचारी नियुक्ती गर्दा समेत समितिका अध्यक्ष वा उनि निकट राजनैतिक दलका कार्यकर्ताहरुको भर्तीकेन्द्र वनाईनु जस्ता कार्यहरुमा समेत सर्वसाधारण उपभोक्ताहरुको गुनासो छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग