Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काम गर्ने रेस्टुरेन्टमै झुण्डिएर आत्महत्या

Published on 5:06:00 PM //

जापान स्थित एक रेस्टुरेन्टमा कार्यरत गुल्मीका एक जना ब्याक्तिले रेस्टुरेन्टमै झुण्डिएर आत्महत्या गरेका छन ।
पश्चिम जापानको कुमामोतो केनको, युकी मात्सुबासेस्थित साँझी नामक इण्डियन रेष्टुरेन्टमा कार्यरत गुल्मी आँपचौरका ३५ बर्षिय कृष्ण खरेलले यहि मार्च ७ तारिख सोमबार राती आत्महत्या गरेका हुन । रोजगारीको सिलसिलामा २ बर्ष पहिले जापान आएका उनले आफु कार्यरत रेस्टुरेन्टमै कपडाको सलले घाँटीमा पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन ।

दिनभरि काम गरेर सोमबार साँझ सकुशल सहकर्मीहरुसंग खाना खाई सुतेका खरेल राती अचानक सबै सुतेको मौका छोपी आफु बस्ने कोठाको तलपट्टी रहेको रेष्टुरेन्टमा ओर्लेर हरेराम हरेकृष्ण लिखित सलको डोरी बनाई झुण्डिएर आत्महत्या गरेको कुरा उनका आफन्तहरुले बताएका छन। मृत खरेलले नेपालमा छँदा अहेबको राम्रो जागिर छोडेर जापान आउनुपरेकोमा असन्तुष्टी पोख्दै आएका थिए ।

खरेल यहि मार्च १५ तारिखको दिन नेपाल जाने तयारीमा रहेको कुरा उनि निकटस्थले जनायका छन् । एन. आर. एन. जापानका अध्यक्ष रोशन के.सी. का अनुसार लाशको प्रारम्भिक पोस्ट मार्टमले आत्महत्या नै देखिएको छ । 

आत्म हत्या गर्नु पर्नाको कारण भने हाल सम्म खुल्न सकेको छैन। जापानमा मृत खरेलका आफन्त तथा नातेदारहरु प्रसस्तै भए पनि परिवार भने सबै नेपालमा छन । उनको नेपालमा श्रीमती र ३ छोरीहरु छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग