Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"हाम्रो लडाईं पुरुषसँग होइन, सामाजिक सँस्कार सँग हो"

Published on 6:47:00 PM //

शोभा आचार्य
आफुहरुको लडाई पुरुषहरु सगँको नभएर आफ्ना हक र अधिकारको लडाई भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन ।

दलित महिला संघ गुल्मीको आयोजनामा विविधतामा रहेका महिलाहरुका मुद्धा तथा स्थिती बारे र समयमा संविधान निर्माण प्रक्रिया बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन । साथै उनीहरुले महिलाले उठाउने विभिन्न आवाज आन्दोलन आफुले पाउनु पर्ने शिक्षा, संस्कार जस्ता अधिकारको लडाई भएको बताएका थिए । कार्यक्रममा माओवादी जिल्ला सचिवालय सदस्य महेन्द्र वि.सि. , अखिल नेपाल महिला संघकि उपाध्यक्ष ललिता गौतम, मुष्लिम महासंघका सचिव मुहमत सागिर अलि, रेडियो गुल्मीकी प्रतिक्षा शर्मा लगायतले बोल्नु भएको थियो । कार्यक्रम महिला विकास अधिकृत जमुना पौड्यालको प्रमुख आथित्यता, दलित महिला संघकि अध्यक्ष कमला बरालको सभापतित्व र ममता सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग