Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस नेताको मृत्‍यु

Published on 6:46:00 PM //

शोभा आचार्य 

नेपाली काङ्रेस अर्जे गाउँ समितीका पुर्व सभापती तथा भुतपुर्व गाविस उपाध्यक्ष रबिलाल अर्याललको आज नेपाली काग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाजली तथा दाह संस्कार गरिएको छ ।

अर्याललको दाह सँस्कार तथा अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली काङ्रेस गुल्मी क्षेत्र नम्बर ३ का पुर्व सांसद रुद्रमणि भण्डारी, नेपाली काग्रेस जिल्ला समितीका पुर्व उप सभापती तथा महाधिबेशन प्रतिनिधी हालिक पन्थी, भुर्तपुर्व गाविस अध्यक्ष तुल्सीराम अर्याल, नेपाली काग्रेस क्षेत्रिय सचिव रेखा कुमार जि।सी, नेकपा एमाले क्षेत्रिय कमिटी उपाध्यक्ष लिल बहादुर अधिकारी, नेपाली काग्रेस अर्जे गाउ समितीका सभापती दिपक भण्डारी, नेकपा माओवादीका घनश्याम पराजुली, स्थानीय समाजसेवी, खड्ग बहादुर अर्याल, नेपाल रेडक्रस सोसाईटीका कुष्ण भण्डारी, लगायतको गुल्मीको क्षेत्र नम्बर ३ को फुलवारी शाहघाटमा उपस्थित भएर अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो । अर्यालको हिजो ५२ बर्षको उमेरमा असामयिक निधन भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग