Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिलो पटक गाडी पुग्दा खुशीयाली

Published on 7:54:00 PM //

पी.एम.मगर

गुल्मीको जोहाङ स्थित चेँगा गाउँमा आज पहिलो पटक जीप पुग्दा स्थानीयवासीले फुलमाला तथा अविरले स्वागत गर्नुका साथै खुशीयाली मनाएका छन् ।

वत्ती मुनी अध्यारो भने जस्तै गुल्मीको क्षेत्र नं. २ भित्रै पर्ने जोहाङ गाविसको वार्ड नं. ३ का जनताले लामो समयको परिश्रम पछि वल्ल आज गाउँमा यातायातको सुविधा प्राप्त गरेका हुन् । २०६५ देखि हालसम्म जोहाङ गाविसको अनुदान करिव ४ लाख २२ हजार पाँच सय ५० रुपैया र स्थानीय जनतावाट एक लाख ५० हजार रुपैयाँ गरी कुल पाँच लाख ७२ हजार पाँच सय ५० रुपैयाँ लागतमा करिव २ किलोमिटर वाटो खनिएको गाविस सचिव शोभाखर पोखरेलले वताउनुभएको छ । त्यहाँ पुगेको जीपलाई स्थानीयवासीले फुल माला अविरले स्वागत गरेका थिए 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग