Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्षमता अभिवृद्धि तालिम शुरु

Published on 6:45:00 PM //

शोभा आचार्य
गाविस स्तरीय स्थानिय शान्ति समितिका संयोजक लगायत सदस्यहरुलाई द्धन्द्ध व्यवस्थापन विषयमा ३ दिने क्षमता अभिवृद्धि तालिम आजबाट गुल्मीको सदरमुकाम तम्घासमा शुरु भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी प्रमुख आथित्यतामा जिल्ला विकास समितिको कार्यलयमा शुरु भएको तालिमको उद्घाटन कार्यक्रममा एकीकृत नेकपा माओवादीका वुद्धि जिसी, राष्ट्रिय जनमोर्चाका तारा कुवंर, नेकपा मालेका जीवराज अर्याल ,नेकपा एकीकृतका तर्फबाट भिमप्रकास थापा , राष्ट्रिय प्रजातन्त्र पार्टिका तर्फबाट हिमबहादुर बोहोरा, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम, जिल्ला प्राबिधिक कार्यलय गल्मीका ईन्जिनियर मेघराज ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । तिन दिन सम्म चल्ने कार्यक्रमको उदघाटन स्थानिय शान्ति समितिका संयोजक जीवन रानाले गर्नुभएको थियो । शान्ति समितीका सयोजक जिवन रानाको अध्यक्षता रहेको कार्यक्रमको स्वागत टोपलाल पाण्डेको गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग