Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका प्रत्रकारहरु एकजुट हुनुपर्नेमा जोडः गौतम

Published on 1:15:00 PM //

शिबलाल सुबेदी
नेपाल पत्रकार महासघ गुल्मीका अध्यक्ष घनश्याम गौतमले गुल्मीको पत्रकारीताको बिकासका लागि सबै क्रियाशिल पत्रकारहरु एक जुट भएर लाग्नु पर्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघको ५६ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासघं गुल्मी शाखाले आयोजना गरेको प्रभातफेरी कार्यक्रम पछि भएको कोण सभामा अध्यक्ष गौतमले यस्तो बताउनु भएको हो । कार्यक्रममा महासघं गुल्मीका पुर्व सभापती जनार्दन घिमीरे, प्रेस चौतारी गुल्मीका उपाध्यक्ष लोकनाथ आचार्य, प्रेस युनियन गुल्मीका उपाध्यक्ष छवि पाण्डे, कान्तिकारी पत्रकार सघंका सयोजक प्रेम सुनार, लगायतले पनि बोल्दै पत्रकारहरुका हक र अधिकारका लागि सबै एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो । साथै सोही अवसरमा पत्रकार महासघ गुल्मी शाखाका पुर्व अध्यक्ष जनार्दन घिमीरेलाई प्रेस युनियनको हाले सम्पन्न महाधिबेशनबाट केन्द्रिय सदस्यमा निवाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासघ गुल्मीका अध्यक्ष घनश्याम गौतमको अध्यक्षता र सचिव भरत पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग