Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निःशुल्क शिविर शुरु

Published on 1:13:00 PM //

विष्णु पौडेल
गुल्मीको वामी गाविसमा हुन लागेको महिलाहरुको आङ खस्ने सम्वन्धी ३ दिने निशुल्क शिविर आज देखि शुरु हुदै छ ।
नेपाल रेडक्रस सोसाईटि उपशाखा वामीको आयोजना तथा वामी हेल्थ पोष्टको सहआयोजनामा हुने शिविर ३ दिनसम्म सञ्चालन हुनेछ । शिविरमा महिलाहरुको जटिल रोग, आङ खस्ने, लगायत महिलाहरुको अन्य समस्याहरुको पनि उपचार गरिने आयोजकले जनाएको छ । शिविरमा विशेष सहयोगीको रुपमा रहेको लुम्विनी मेडिकल कलेज प्रवास पाल्पाका डाक्टर हिमकान्त अधिकारी नेतृत्वको १३ सदस्यीय टोली वामीटक्सार पुगिसकेको पत्रकार लोकप्रसाद छन्त्यालले जानकारी दिनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग