Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुणस्तर बिकासका लागि सबै एकजुट हुनुपर्ने

Published on 9:38:00 PM //

शिबलाल सुबेदी 
बिद्यालयको शैक्षिक गुणस्तर विकास गर्न र छिट्टै उच्च माध्यमिक सञ्चालन गर्नका लागि सबै पक्ष एक भएर लाग्नु पर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन ।
आनन्दपुर माध्यमिक बिद्यालय इस्मा रजस्थल गुल्मीमा आज सम्पन्न शिक्षक अभिभावक सघंको भेलामा बोल्दै सहभागीहरुले बिद्यालयका शिक्षक अभिभावक, समाजसेवी, बुद्धिजीवी, राजनितीक दल र बिद्यार्थीहरु सबै पक्ष एक भएर लाग्नु पर्ने सहभागीहरुले जोड दिएका छन हुन । साथै भेलाले रामु गीरीको अध्यक्षतामा शिक्षक अभिभावक सघं गठन गरेको छ । जसका सदस्यहरुमा पुमानन्द पैयानी, टिका बहादुर थापा, राम बहादुर नेपाली, गुणानिधी भण्डारी, तुल्सा जी.सी, पार्वता गौतम र चुमकला गीरी गाउँ शिक्षा समितीका अध्यक्ष तथा गाविस सचिव चुराबहादुर नेपालीको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका भुतपुर्व अध्यक्ष राम बहादुर लगायत रहनु भएको छ ।
बिष्ट, सदस्य लोक प्रसाद गौतम , लगायतको उपस्थिती रहेको थियो भने बिद्यालयका प्रधानाध्यापक मान बहादुर खड्काले शिक्षक अभिभावक सघंको गठन प्रकृयाको बारेमा सबै लाई जानकारी गराउनु भएको थियो । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष नारायण पैयानीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत शिक्षक बिष्णु गौतमले गर्नुभएको थियो भने सञ्चालन शिक्षक खुम बहादुर जि.सीले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग