Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आगोलागीका घटनामा सावधानी अपनाउन आग्रह

Published on 9:39:00 PM //

पी.एम.मगर
गर्मीयाम शुरु भए लगत्तै आगलागीका घटनाहरुमा वृद्धि हुने भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले सवै पक्षलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

विशेषत जङ्गल नजिक खेतवारी हुने जग्गाधनीहरुले आ–आफ्नो खेत मलिलो वनाउनका लागि भन्दै पात पतिङ्गर तथा झाडीहरु जलाउने जस्ता कार्यवाट सल्केको आगोले सिङ्गो वन, गाउँ समुदाय तथा अन्य भौतिक सामाग्री समेत जलेर क्षति भोग्नुपर्ने अवस्थालाई दृष्टिगत गरी प्रशासनले यस्तो आग्रह गरेको हो । 
केही दिन अघि सदरमुकाम तमघास नजिकै देउराली क्षेत्रवाट सल्केको आगोले पर्यटकीय तथा धार्मिक स्थल रेसुङ्गा वनको दक्षिण पुर्वि भाग नष्ट गर्नुका साथै सञ्चार जस्तो महत्वपुर्ण पुर्वाधार नेपाल टेलीकमको टावर समेत जोखिममा परेको कुरा स्मरण गराउँदै प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले प्रत्येक नागरिकले आगलागी हुनवाट वच्न वचाउँनप्रति सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
खेतवारीमा कसैले मल प्रयोजनका लागि आगो सल्काउँदा वन जङ्गल वा कसैको घरगोठमा आगलागी हुन गए त्यस्ता जग्गाधनीलाई प्रशासनले कडा कारवाही गर्ने समेत प्रमुख जिल्ला अधिकारी अर्यालले चेतावनी दिनुभएको छ । केही दिन अघि रेसुङ्गा जङ्गलमा लागेको आगो देउराली नजिकै पाँचराते क्षेत्र लगायतका स्थानमा खर्यान वारी हुने जग्गा धनीलाई समेत आज जिल्ला प्रहरी कार्यालयमा झिकाएर त्यस विषयमा सोधपुछ गरिएको र आगो लगाउने व्याक्तिको खोजी कार्य भईरहेको प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदीले वताउनुभएको छ । आगो सल्काउने कार्यमा संलग्न व्याक्तिका वारेमा सुचना प्रशासनलाई उपलव्ध गराउन समेत प्रमुख जिल्ला अधिकारी अर्यालले आग्रह गर्नुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग