Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेरोजगारलाई मुढा बुन्ने तालिम

Published on 10:17:00 PM //

शिबलाल सुबेदी
घरेलु तथा साना उद्योग कार्यलय गुल्मीको सहयोग तथा शान्तीदीप युवा क्लव दौँघा, मोहरेको आयोजनामा मगंलबार देखि गुल्मीको दौघा गाविसमा १५ दिने मुढा बुन्ने तालिम सुरु भएको छ ।
बेरोजगार युवायुवतीलाई शिप प्रदान गर्ने उद्देश्यले उक्त मुढा वुन्ने तालीम सुरु गरिएको घरेलु तथा साना उद्योग कार्यलय गुल्मीले जनाएको छ । १५ दिन सम्म चल्ने तालीममा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका देउमती श्रीसले सहजिकरण गर्नुहुने कार्यक्रम रहेको छ । मगंलबार उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख नारायण न्यौपानेले बेरोजगारी युवायुवतीलाई जिविकोपार्जन गर्नको लागी सहज होस भन्ने उद्देश्यले यो तालीम आयेजना गरीएको बताउनुभएको छ । तालीमबाट राम्रो सीप सिकेर व्यवहारमा उतार्न समेत न्यौपानेले आग्रह गर्नुभएको छ ।
क्लवका सल्लाहकार थमन ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा तालिमका प्रशिक्षक देउमती श्रीस, मिना ज्ञवाली, ज्ञानप्रसाद घिमिरे, लगायतले बोल्नुभएको थियो । पदम विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन क्लवका सचिव कालीदास आत्रेयले गर्नुभएको थियो । तालिममा महिला र पुरुष गरि १० जनाको सहभागीता रहेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग