Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फोटो सहितको मतदाता नामावली संकलनवारे अन्तर्कृया

Published on 10:19:00 PM //

पी.एम.मगर 
फोटो सहितको मतदाता नामावली संकलन कार्य नेपालको लागि अत्यन्त अनुसाशित र सह्रानिय भएको आज सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

यो प्रक्रियाबाट विशुद्ध रुपमा नेपालकै नागरिकले मतदान प्रक्रियामा भाग लिन पाउने हुँदा प्रभावकारी हुने पनि उनीहरुले दावी गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा फोटो सहितको मतदाता नामावली संकलन सम्बन्धी अन्तर्कृया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । 
मतदाताको वास्तविक पहिचान गरी मतदानलाई स्वतन्त्र, स्वच्छ र विश्वसनिय बनाउन यो प्रक्रियाले अत्यन्त सहयोग गर्ने सहभागिहरुको भनाई रहेको थियो । तर कतिपय गाउँमा सुचनाको कमिले नागरिक छुट्ने सम्भावना पनि भएकोले यसको व्यापक प्रचार प्रसार गरी नागरीकलाई स्पष्ट जानकारी दिनुपर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए । प्रमाण जुटेका कुनै पनि नागरिकलाई यसबाट वञ्चीत गराउन नहुने भन्दै यो कार्यमा सहयोग गर्नु सबैको दायित्व भएको धारणा कार्यक्रममा राखिएको थियो । 
जिल्ला निवार्चन कार्यालय गुल्मीका कार्यालय प्रमुख गणेशबहादुर खत्रीले फोटो सहीतको मतदाता नामावलीको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सरकारी कार्यलयका प्रतिनिधि, जिल्लामा क्रियाशिल सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग