Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतले नेपाल फुटाउँदै छ : के.सी

Published on 9:37:00 PM //

पी.एम.मगर
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले भारतले नेपालमा संघीयता लागु गरेर नेपाललाई फुटाउन खाजेको आरोप लगाउनु भएको छ ।

मोर्चाले अर्घाखाँचिको सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले नेपालमा संघीयता लागु गरेर नेपालको तराई आफनो कब्जामा पार्न खोजेपनि ठुला दलहरु नबुझि त्यसमा लागेको बताउनु भयो । उहाँले पछिल्लो पटक मधेशवादी दललाई प्रयोग गरेर मधेशबाट विद्रोह निकाल्ने दाउमा रहेको बताउनुभयो ।
उहाँले तमलोपका अध्यक्ष महन्त ठाकुर मार्फत बम पडकाउने हिंसा भडकाउनमा भारतले प्रयोग गरेको आरोप समेत लगाउनुभयो । केसीले समयमै संविधान जारी नभए लोकतन्त्र समाप्त भएर जाने दावी गर्नुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग