Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवतीद्वारा जिवन रक्षाका लागि अपिल

Published on 8:51:00 PM //

शिबलाल सुबेदी
न्यूरोलोजी रोगले पीडित गुल्मी पिपलधाराकी एक युवतिले जिवन रक्षाका लागि सबैसँग आर्थिक सहयोगको अपिल गरेकी छन् ।

अति विपन्न दलित परिवारकी २२ वर्षीया युवति पम्फा वि.क.ले यस्तो अपिल गरेकी हुन् । आजभन्दा १४ वर्ष अघि भारतको अल इन्डिया मेडिकलमा स्वास्थ्य परीक्षण गराउँदा न्यूरोलोजि रोग पत्ता लागेको र आर्थिक अभावका काराण त्यहाँ उपचार हुन नसकेपछि नेपाल फर्किएकी वि.क.ले यतिवेला जिल्ला अस्पताल, गुल्मीका डाक्टर काशीम शाहको सहयोगमा भारतबाट औषधि मगाएर दैनिक सेवन गरीरहेकी छन् । विहान बेलुका गरि दैनिक सेवन गर्नुपर्ने उक्त औषधि नभए उनको कुनै पनि वेला ज्यान जान सक्ने भन्दै उनले नेपाल सरकार एवं समाजसेवी सबैसँग उक्त औषधिको व्यवस्था मिलाइदिनुहुन तथा आर्थिक सहयोग गरिदिनका लागि अनुरोध गरेकी छन् । एक बट्टा उक्त औषधिको मूल्य भारतीय १२ सय पर्दछ । त्यसभित्र ६० वटा ट्याब्लेट पर्दछ जसले १ महिना मात्र पुग्दछ । मासिक १८ सय रुपैयाँ जुटाउन सक्ने आफ्नो परिवारको अवस्था छैन उनले भनिन ।
यता उनलाई सहयोग गरिरहेका डा. शाहले आफूले उनको अवस्थाको बारेमा काठमाण्डौमा हालै सम्पन्न स्वास्थ्यकर्मीहरुको गोष्ठिमा जानकारि गराई सहयोगको लागि आग्रह गरेकोसमेत बताए । उनले आफ्नो फेसबुकको वालमा समेत उनको फोटो सहित राखेर सहयोगको लागि आग्रह गरेका छन् । ‘नेपालमा धेरै ठाउँ खोजियो, त्यो औषधि पाइएन, भारतमा पनि विरलै पाइँदो रहेछ, बडो मुश्किलले दुई वट्टासम्म उपलब्ध भएको छ, त्यसैवाट हालसम्म चलाइएको छ’ डा. शाहले भने ‘उनले उक्त औषधि सेवन गरिनन् भने प्यारालाइसिसको सामना गर्नुपर्ने हुन्छ । यसर्थ मानवीय सेवा भाव राख्ने जो कोहिको ध्यान जान जरुरी छ ।’

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग